लेखरचना तथा प्रकाशन सहयोगका लागि अनुरोध

हरि ॐ । जीवन विज्ञान अमेरिकाको प्रथम वार्षिकोत्सवका अवसरमा जीवन विज्ञान प्रतिष्ठान नेपालको एक दशकका विविध ऐतिहासिक अभियानहरूसहित जीवन विज्ञान अमेरिका र जीवन विज्ञान युकेले स्थापनाको एक वर्षभित्र सम्पन्न गरेका विभिन्न कार्यक्रमहरूको सङ्कलन गरी एक पुस्तक प्रकाशन गर्न लागिएको व्यहोरा सबै साधकहरूमा सगौरव जानकारी गराउँदछौँ ।

श्रद्धेय सद्गुरूवरद्वयका स्ववाणी तथा जीवन विज्ञानका व्यावहारिक साधनालाई नेपाली पुगेका विश्वका सबै ठाउँमा विस्तार गर्ने तथा सबै धर्म, जात, रङ्ग र सम्प्रदायलाई समेट्ने गरी नेपाली ब्रह्मदूतका माध्यमबाट सुख, शान्ति र समृद्धिप्राप्ति गर्ने जीवन विज्ञानको व्यावहारिक महाज्ञानलाई विश्वभरिका अन्य भाषा र जातजातिमा पुयाउने उद्देश्यले जीवन विज्ञान अमेरिकाको स्थापना भएको हो । यही पुनित कार्यलाई विस्तार गर्ने क्रममा ऐतिहासिक अध्ययन गर्न भोलिका नवपुस्तालाई सजिलो होओस् भनी जीवन विज्ञान अमेरिकाले यो ऐतिहासिक स्मारिका पुस्तक प्रकाशन गर्न लागेको हो ।

जुमका माध्यमबाट वा जीवन विज्ञानको साधनास्थल नेपाल गएर श्रद्धेय सद्गुरूवरद्वयका साथ साधना गर्नुभएका साधकहरूले अनुभव गर्नुभएका आफ्नो शारीरिक र मानसिक तथा भावनात्मक रूपान्तरणका अनुभूतिहरूलाई समेटेर बढीमा ४०० शब्दसम्म (नेपाली वा अंग्रेजी भाषामा) लेखेर यही नोभेम्बर ५ तारिखसम्म तलको इमेलमा लेख र आफ्नो तस्वीर पठाउनुहुन आह्वान गरिन्छ ।

यस गौरवमय कार्यमा तपाईं पनि हिस्सेदार हुन सक्नुहुनेछ । यस पुस्तकको प्रकाशनका लागि आवश्यक आर्थिक स्रोतका लागि यहाँले ऐच्छिक रूपमा सहयोग गर्नुहुन विनम्र अनुरोध गर्दछौँ । व्यक्तिगत रूपमा प्रकाशन सहयोग गर्न न्युनतम रकम अमेरिकी डलर २५/-, व्यक्तिगत शुभकामना सहयोग न्युनतम १००/- अमेरिकी डलर पठाउनुहुन अनुरोध गर्दछौँ । साथै आफ्नो व्यवसायिक प्रवर्द्धनका लागि सामग्री प्रकाशन गर्नका लागि देहाय अनुसारको रकमको प्रतिबद्धतासहित विज्ञापन गर्ने सामग्री पनि पठाइदिनुहुन विनम्र अनुरोध गर्दछौँ । सहयोग पठाउने अन्तिम दिन नोभेम्बर १०, २०२१ सम्म ।

Note:

" नवयुग निर्माणको सङ्कल्पसहित जीवन विज्ञानको एक दशक (२0११-२०२१) "

  • लेखरचना पठाउने इमेल : jeevanvigyan.us@gmail.com
  • प्रकाशन सहयोगका लागि आर्थिक सहयोग (डोनेसन):
    Click Here to Donate
  • व्यावयिक विज्ञापन प्रकाशन गर्न सामग्री पठाउने इमेल : jeevanvigyan.us@gmail.com

  • व्यावसायिक विज्ञापन प्रकाशनका लागि शुल्क:
    • रंगीन चौथाई पेजका लागि: ३०० डलर
    • रंगीन आधा पेजका लागि: ५०० डलर
    • रंगीन पूरा पेजका लागि: ८०० डलर


थप जानकारीका लागि सम्पर्क

मधु पन्थी, संयोजक (प्रशासन विभाग)
इमेल : jeevanvigyan.us@gmail.com

रोम ज्ञवाली, संयोजक (अर्थ विभाग)
इमेल : jvusa.finance@gmail.com
जीवन विज्ञान अमेरिका